देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज तोलामा १६ सयले घट्यो सुनको भाउ

देशान्तर

काठमाडौं । आज सुन र चाँदीको भाउ घटेको छ । छापावाल सुन बुधबार एक लाख चार सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेर प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो । बुधबार भने भाउ स्थीर रहेको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसै गरी चाँदीको भाउ पनि घटेको छ।

आज प्रतितोता ५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको महासंघले जनाएको छ