देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशान्तर


काठमाडौ – गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या एक हजार आठ सय १८ पुगेको छ । आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका १ की महिलामा सङ्क्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ ।