देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंकी एक महिलासहित थप ६ जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो। काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १र१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।