
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
यस मध्ये काठमाडौं( काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया