काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको नेपालको निजी सचिवालयले जनाएको छ । नेता नेपाल र उनको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
बिहीबार नेता नेपाल, उनको परिवार, उनेको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।
सङ्क्रमण देखिएका सबैलाई गएराति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ





प्रतिक्रिया