देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थुनुवा कोरोना संक्रमित अस्पतालबाट फरार

देशान्तर

काठमाडौ – वीरगञ्जको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमित थुनुवा फरार भएका छन्।

शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्र
मित थुनुवा फरार भएका हुन्।

संक्रमण देखिएपछि उपचारको लागि भर्ना भएका उनीहरु अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको आँखा छल्दै फरार भएका हुन्।

कोरोना विशेष अस्पतालबाट संक्रमित थुनुवाहरु फरार भएको बारेमा जानकारी प्राप्त भएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनले फरार भएका संक्रमित थुनुवाहरुको खोजी तथा यसबारेमा अनुसन्धान जारी रहेको बताए