देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी वृत्त महाराजगञ्जमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि

देशान्तर

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उनले बताए । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ । सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।