देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४९ पुग्यो

देशान्तर

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ ।

उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ संक्रमित पुगेका छन् ।