
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आँखै अगाडि खुलेआम भ्रष्टाचार र ब्रम्हलुट भइरहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीका अगाडि निरीह बनेको बताएका छन् ।
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)मा भएको व्यापक भ्रष्टाचारबारे राप्रपाका अध्यक्ष थापाले भ्रष्टाचारीलाई कारबाही नगरी प्रधानमन्त्री निरीह भएको आरोप लगाए ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ । विश्व बैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीको लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भईरहेको ब्रम्हलुटको किन छानबिन हुँदैन? प्रधानमन्त्री किन निरीह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?’
विश्व बैंकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा चरम भ्रष्टाचार भएको आरोप लागेको छ । विश्व बैंकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको बताइएको छ ।





प्रतिक्रिया