काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टाइनमा बसेका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि दुबै होम क्वारेन्टाइनमा बसेका हुन् । सत्तारुढ नेकपाको सचिवालय सदस्य समेत रहेका दुवै मन्त्री क्वारेन्टाइन बसेपछि नेकपाको सचिवालय बैठक समेत प्रभावित बनेको छ ।
नेकपाको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न भन्दै नेकपाका दुवै अध्यक्षले भदौ १३ गते शनिबारका लागि बोलाएको बैठक अब १८ गते विहिबारका लागि सारिएको छ ।
यसअघि छिटो बैठक बोलाउने तयारी भैरहदा वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षकर्मी संक्रमित भएपछि नेता नेपाल होम क्वारेन्टाइनमा बसेका थिए । हाल क्वारेन्टाइनमा रहेका दुवै मन्त्रीको पिसिआर परिक्षण गरिने उनीहरुको सचिवालयले जानकारी दिएको छ ।





प्रतिक्रिया