देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोंगबु घटनाको अनुसन्धान पूरा : अभियुक्त कल्पना मुडभरीले दिइन् यस्तो बयान

देशान्तर

काठमाडाैँ – प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुुडभरी (पौडेल) लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ।