देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरुण दलद्धारा बिपी जन्मजयन्तीको अवसरमा अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

देशान्तर

काठमाडौः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

त्यस्तै पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण पिपिइ र २० थान फेस शिल्ड सहयोग गरेको हो।


साथै तरुण दलले स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याईदिनुहुने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खान ज्यू हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ। आज कांग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपीजयन्ती मनाउँदै छन्।