देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष ओली छोटो मन्तव्य राखी बैठकबाट बाहिरिए

देशान्तर

काठमाडौं, । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेकपा स्थायी कमिटी बैठकबाट बाहिरिएका छन्। पुष्पकमल दाहाललाई बैठक सञ्चालनको जिम्मा लगाएर ओली बैठकबाट बाहिरिएका हुन्।

लामो समय बैठकमा बसिरहँदा स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको स्थायी कमिटीका एक नेताले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार सहमतिमै प्रचण्डलाई बैठक संचालन गर्न आग्रह गरेर ओली बाहिरिएका हुन्। ५१ दिनको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको स्थायी कमिटी बैठकमा ओलीले छोटो मन्तव्य राखेका थिए।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनको आधारमा स्थायी कमिटी बैठकका लागि नयाँ कार्यसूची बनाइएको छ।