देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री अस्पताल भर्ना

देशान्तर

काठमाडौ । कोरोना पोजिटिभ देखिएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

संक्रमण पुष्टि भएसँगै घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो बढेपछि मंगलबार राति चावाहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन्। उनलाई सोमबार साँझ १०३ डिग्री ज्वारो आएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

महामन्त्री कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न रहेको छ।

उनमा निमोनियाको लक्षण देखिएको र बुधबार बिहानसम्म उनको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए।