देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्याग्रहमा बसेका डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

देशान्तर

काठमाडौं . नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । भदौ ९ गतेदेखि डा केसी १९ औँ सत्याग्रहमा बसेका हुन् ।

नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालसम्म कुनै चासो व्यक्त नगरेको भन्दै ध्यान आक्रमण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिको छ ।

सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ । डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका सुरु हुन् ।