देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आग्रह पूर्वाग्रह छाडेर विकास र उन्नतिको बाटोमा एकताबद्ध भइ अघि बढौँ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकिर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए ।

‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले विकासका लागि आवश्यक स्रोत र साधन प्राप्तिका लागि उपलब्ध हुने कुनै पनि सम्भावनालाई उम्किन दिएनन् । रंग हैन परिणाममा उनीहरूले जोड दिए,’ ओलीले भने, ‘सोचौँ हामीचाँही किन मुसा मार्ने बिरालो कालो वा सेतै खोजिरा छौँ । अब हामी सबै प्रकारका संकिर्णता र आग्रह पूर्वाग्रह छोडौँ र विकास र उन्नतिको बाटोमा एकताबद्ध भइ अघि बढौँ ।’

संविधानले कसैलाई विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताको आधारमा संविधान संसोधन गरिने पनि उनले फेरि दोहोर्‍याए । उनले भने,’ हाम्रो संविधान सबैलाई अटाउने संविधान हो, आशंका वा अस्पस्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध छ ।’ अव विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको उनले बताए । अब प्रतिबद्धतालाई परिणाममा बदल्ने विकल्प सरकारसँग नभएको उनले बताए ।

सरकारले जनताको जीवनरक्षा पहिला भनेर हरसम्भव प्रयास गरेको पनि उनले उल्लेख गरे । जनतालाई सचेत बनाउँदै जीवनरक्षाका लागि छिमेकी मुलुकभन्दा पहिला नियन्त्रण, रोकथाम र उपचारका लागि काम गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उराठलाग्दो नभएको बताउँदै बरु उत्साहजनक रहेको बताए । प्रधानमन्त्री ओलीले कोरोना महामारीकाबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको उल्लेख गरे ।