देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, शुक्रबार नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।