देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा ओली र दाहालबीच वार्ता जारी

देशान्तर

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा आज पनि बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सवा १२ बजेदेखि छलफल सुरु भएको हो।मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ।

गत बिहीबार, शुक्रबार, आईतबार र सोमबार गरी चार दिन यही विषयमा छलफल भईसकेको छ। आज मंगलबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो। दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि सहमति हुन सकेको छैन।