देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीमा २० घण्टाको नवजात शिशुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर


काठमाडौं । गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएको हो। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो। योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ।

संक्रमित हुनेमा नवलपरासीका २८, कास्की र गोरखाका एक⁄एक जना रहेका छन्। त्यस्तै २० घण्टाको नवजात शिशुसहित कास्कीमा दुई जना वृद्धमा पनि कोरोना देखिएको हो।