काठमाडौं – जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीलाई भेटे गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा. केसीको अनसनप्रति समर्थन जनाएका हुन् ।
उनले डा. केसीसँग सरकारी पक्षले वार्ता गरे नगरेको सोधेका थिए । डा. केसीलाई भेट्दै भट्टराईले लज्जित भएर सोलिडारिटी जनाउन आएको बताएका छन् । उनले भेटमा सरकारको आलोचना गर्दै विवेक भएकालाई आग्रह गरेर हुने हो नभएकालाई के गर्ने भन्दै डा. केसीको अनसनप्रति एक्यबद्दता जनाएका छन् ।
जुम्लाबाट आफ्नो १९औ अनसन थालेका डा.केसीले सरकारले जबर्जस्ती गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेपछि असुरक्षित भएको भन्दै काठमाडौँ आएर अनसन जारी राखेका छन् । डा. केसीको अनसनको आज १७ दिन पुगेको छ ।





प्रतिक्रिया