देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध पुग्यो : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एकाअर्काको खुट्टा तान्ने प्रवृतिले मुलुकको विकासमा अवरोध पुगेको बताएका छन् । बुधबार बालुवाटारमा सञ्चार उद्यमीको हकहितको संरक्षण गर्ने उद्देश्यका साथ गठन भएको सञ्चार उद्यमीहरुको नयाँ संगठन मिडिया अलायन्स नेपालका पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले मुलुक विकासको बाटोतर्फ अघि बढिरहेको तर एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध पुगेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले जनतामा ज्ञान छर्ने काम गर्नुपर्ने भन्दै देश विकासका लागि सञ्चारमाध्यमले सूचना र प्रेरणा दिएमात्र पुग्ने उल्लेख गरे ।
मुलुकभित्र एकअर्काबीच दुश्मनी सिर्जना गर्न खोजेर कोहि पनि अघि बढ्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले संविधान जारी हुने समयमा जातीय द्वन्द उब्जाएर संविधान जारी गर्न रोक लगाउने प्रयत्न भएको जिकिर गरे ।

उनले देश र जनताको आवश्यकता अनुसार संविधानमा संशोधन गर्न सकिने स्पष्ट पारे । त्यस्तै उनले कतिपय सञ्चारमाध्यम चरित्र हत्या गर्ने प्रयत्नमा लागेको बताए । प्रधानमन्त्री ओलीले बिज्ञापन बोर्डको गठन छिट्टै हुने भन्दै कार्तिक सात गतेदेखि क्लिन फिड लागू गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।