देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा २७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ११ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।