देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक प्रकट

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गर्नुभएको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरे । सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता हुनुभएको र उहाँले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताए ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना कुवेती समकक्षी शेख सवाह अल खालिद अल हमाद अल सबाहलाई पठाउनुभएको शोक सन्देशमा कुवेती अमिरको निधन भएकामा दुःख व्यक्त गर्दै उहाँको देहावसानबाट नेपालले शुभचिन्तक र सच्चा मित्र गुमाएको उल्लेख गरे ।