देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

के नेपालमा फेरि लकडाउन हुँदैछ ?

देशान्तर

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर पछिल्लो समय निकै बढ्दै छ । यहीबीच अब नेपालमा फेरि लकडाउन हुनसक्ने अनुमान पनि बढेका छन् । यो अनुमान बढ्नुको कारण हो, कोरोना संक्रमित बढ्दै जानु ।

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पनि २५ हजारभन्दा बढी संक्रमित भएको खण्डमा नेपालमा लकडाउन लगाउनु पर्ने निष्कर्ष निकालेको थियो । ७ असोजमा स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले यो निर्णय सुनाएका थिए ।

त्यसैले पनि अब आशंका थपिएको छ- के नेपालमा अब साँच्चिकै फेरि लकडाउन हुँदै त छैन ? तर, स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन गर्ने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ ।