काठमाण्डौ – नेपाली कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायतलाई कोरोना भाइरसको सङ्क्रमण देखिएकोले बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै पार्टीको कार्यालय असोज २२ गतेसम्म बन्द गरिएको छ ।
स्वास्थ्य मापदण्डलाई ध्यान दिएर सोमबारको बैठक स्थगित गरी आउँदो आइतबारका लागि बोलाइएको पौडेलले बताए ।





प्रतिक्रिया