देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जहाँ हुनुहुन्छ, त्यहीँ दसैं मनाउनुस् : स्वास्थ्य मन्त्रालय

देशान्तर

काठमाडौं । सरकारले कोरोना संकट चुलिँदै गर्दा सर्वसाधरणलाई जहाँ बसेको छ त्यहीँ यो वर्षको दशैं मनाउन आग्रह गरेको छ । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला दशैँ मनाउन घर जाने तयारीमा रहेकाहरुलाई सरकारले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा ओहोरदोहोर गर्दा कोरोना गाउँ गाउँ पुग्‍ने बताउँदै यस्तो आग्रह गरे । प्रवक्त्ता गौतमले भनेका छन् ‘हामी जहाँ छौं त्यहीँ बसेर दसैं–तिहार मनाऔं ।’

उनले सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको भन्दै चाडपर्वमा जथाभावी यात्रा गर्दा संक्रमण अझै फैलिनसक्ने बताए । ‘काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ,’ डा. गौतमले भने, ‘दसैं पनि नजिकिँदै छ। सबैले जहाँ छौ, त्यहीँ बसेर दसैं मनाऔं।’

त्यसैगरी, डा. गौतमले जनस्वास्थ्यको मापदण्ड नअपनाउने व्यक्तिको लागि जरिवाना गरिने समेत बताए । उनले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए । अघिल्लो दिनमात्रै उनले सकेसम्म काठमाडौं नआउनका लागि अनुरोध गरेका थिए ।