रुपन्देही – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।
प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् । संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे।
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया