देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन कोरोना मुक्त

देशान्तर

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन १३ दिनपछि कोरोना मुक्त भएका छन्।

१ साता होम आइसोलेसन र ६ दिन स्टार अस्पतालमा बसी उपचार गरी उनी कोरोना मुक्त भएका हुन्। बुधबार पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्यको लागि आराम गरिरहेको महर्जनले एक विज्ञप्ति जारी गराएका छन्। महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शुक्रबारदेखि कार्यालयमा कार्यभार सम्हाल्नेछु।

महानगरपालिकामा भेटघाटको लागि केही समय लाग्नेछ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा असोज ९ गते महर्जनलाई कोरोना पुष्टि भएको थियो।