देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई पितृशोक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई पितृशोक परेको छ ।

सभापति थापाका बुबा रामबहादुर थापाको शुक्रबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान उपचारका क्रममा भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा निधन भएको कांग्रेस नेता विष्णु कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार थापा लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए ।