देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति कांग्रेसद्धारा दु:ख व्यक्त

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार दिउँसो काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । १९७८ माघ १५ मा जन्मिएका प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीको कोषाध्यक्ष थिए ।

उनको निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वकोषाध्यक्ष प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष, अग्रज समाजसेवी, सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका रामबाबु प्रसाईको निधनको खबरले मलाई दुखी बनाएको छ ।

स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”