देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्ध दसैँपछि देशव्यापी आन्दोलन गर्छौं : देउवा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन गर्ने बताएका छन्। सरकारले कोरोना नियन्त्रण गर्न नसकेको जनाउँदै देउवाले देशव्यापी आन्दोलन र संसदमा हंगामा मच्चाउने बताएका छन्।

जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई वाध्य पार्छौं।’ सरकारलाई गलाउन संसदमा हंगामा गर्ने उनले बताए। सडक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन पनि उनले निर्देशन दिए। जनताको स्वास्थ्य महत्वपूर्ण भएपनि सरकार त्यसलाई महत्व नदिएर भ्रष्टाचारमा लागेको बताए। उनले भने,‘स्वास्थ्यमा खेलवाड गर्दै भ्रष्टचार गरिएको छ।