देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैं भत्ता फिर्ता गर्ने काँग्रेसको निर्णय

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ। पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए ।

दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले रातोपाटीलाई जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।

संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्नपर्ने सांसदहरुबाट नै आवाज उठेपछि संसदीयले संस्थागत निर्णय गर्न लागेको हो ।