देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने

देशान्तर

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गरेका छन् । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गरेका हुन् ।

उनले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको जनाउँदै उनले भने, “यो मेरो लागि नयाँ ठाउँ हो । कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पु¥याउने छु ।”

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

छलफलमा मुख्य सचिव वैरागीले मुलुकमा सुशासन र सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताए। छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागाइ लगायतको सहभागिता थियो । बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी लिने उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।