काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशभित्र देखिएको विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ । विवाद टुङ्ग्याउन भनेर नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली भित्रको विवाद सतहमा आएको थियो ।
केन्द्रले नै विवाद मिलाउने भने पनि निष्कर्ष नआएपछि विवाद फेरि प्रदेशमै पुगेको छ । तर असन्तुष्ट पक्षले मुख्यमन्त्रीले पेलेर गएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् । संसदीय दलमा नेकपा कर्णाली प्रदेशका सह(इन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।





प्रतिक्रिया