देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वप्रधानमन्त्री डा.भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन् ।

’हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’, भट्टराईले ट्वविटमा लेखेका छन् । उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ’होम आइसोलेसन’मा नै रहेको उल्लेख गरेका छन् ।