देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने

देशान्तर

काठमाण्डौ – नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण यो वर्षको दशैंमा कार्यक्रम नगर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रलदान गर्दै आएको थियो ।