देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस शीर्ष नेताको बैठक आज पनि बस्ने

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज दिउँसाे १ बजे बस्नेछ।

बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए। विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो। विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्या इएको छ। २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्।

बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ। विभाग गठन विधान र परम्परा विपरीत गरिएको र महाधिवेशनको आचार संहिताविपरीत रहेको पौडेल पक्षले बताउँदै आएको छ।