देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालवीच वार्ता

देशान्तर

काठमाडौं . सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को द्वन्द्वबीच आइतवार प्रधामन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उनका सहयोगी नेताहरुसँग छलफल गरेका छन्।

नेताहरु सुरेन्द्र पाण्डे र भीम रावललाई साथमा लिएर बालुवाटार छिरेका नेपालसँग ओलीले करिब २ घण्टा लामो छलफल गरेको स्रोतले जनाएको छ।

आफूलाई घेर्ने रणनीतिसहित शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा पाँचजना सचिवालय सदस्यहरुले नेकपाका पहिलो अध्यक्ष ओलीलाई पार्टी बैठक डाक्न लिखित निवेदन बुझाएपछि संवाद भएको हो।

सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरेपछि रणनीति तय गर्न ओलीले संवादलाई तीव्र बनाएका हुन्। पछिल्लो समय दाहालसँग दूरी बढेपछि ओलीले नेपालसँग निकटता बढाएका छन्। तर नेता नेपालले ओलीले जहिले प्रयोग मात्रै गरिरहेको भन्दै अविश्‍वास प्रकट गरिरहेका छन्।

धुम्बाराहीमा शुक्रबार बसेको सचिवालय बैठकमा नेता नेपालले ओलीको कार्यशैली सुधार्नै नसकिने खालको रहेको बताउँदै अब चुप लागेर बस्न नसिकने उल्लेख गरेका थिए। उनल शनिबार बालुवाटारमा पनि ओलीको कार्यशैलीमा असन्तुष्टि व्यक्त गरेका थिए।