काठमाडौं । पटक–पटक सरेर आगामी २४ गतेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सरको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी २७ गतेका लागि सरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताएका छन् ।
केन्द्रीय समिति बैठकअघि विभिन्न अजेन्डा तय गर्न देउवा निवासमा भएको आजको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उनले बताए । अब कुनै छलफल नगर्ने सीधै केन्द्रीय समिति बैठक बस्ने भनिएको छ । कांग्रेसको बैठक पाँचौँपटक सरेर २७ गते पुगेको हो । एक नेताका अनुसार अबको बैठकमा पौडैल समूहले आफ्ना यसअघि अजेन्डा उठाउने भएका छन् ।
तर, देउवा सकेसम्म विवाद केन्द्रीय समितिसम्म पुग्न नदिने सोचमा छन् । त्यसैले अहिलेको विवाद अझ केही पर धकेलिन सक्ने देखिएको छ । काङ्ग्रेस महाधिवेशन आगामी फागुनका लागि तय गरिए पनि सो समयमा हुन नसक्ने लगभग पक्का छ । महाधिवेशन कहिले गर्ने भन्ने पनि कुनै टुङ्गो लागेको छैन ।





प्रतिक्रिया