देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री भोलि संखुवासभाको किमाथाङ्का जाँदै

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोली ( बुधवार ) संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ ।

प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।

कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताएका थिए ।