देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौ । कोरोना पोजेटिभ रहेको अवस्थामा थप दुई जनाको मृत्यु भएपछि गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको सङ्ख्या एक सय २३ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कास्कीका दुई जनाको मृत्यु भएको हो। उनीहरू पोखरा महानगरपालिका–२६ की ७२ वर्षीया महिला र वडा नं १८ का ४८ वर्षीय पुरुष रहेका छन्।

कात्तिक २८ गते ती महिलामा सङ्क्रमणको पुष्टि भएकोमा त्यसको भोलिपल्ट शनिबार बिहान पौने आठ बजे उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ती महिलामा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको पनि निर्देशनालयले जनाएको छ।

यस्तै पोखरा–१८ का पुरुषको पनि शनिबार बिहान साढे नौ बजे उपचार क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।