काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक भोलि दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड(माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् ।
सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ । बुधबार बस्ने बैठकका एजेण्डाहरु के(के तय गर्ने भन्नेबारे कार्यकारी अध्यक्ष र महासचिववीच छलफल भएको स्रोतले बतायो ।
पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ ।





प्रतिक्रिया