देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

देशान्तर

काठमाडौ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका १७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उनमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्थामा जटिल बनेपछि मंसिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो।