देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छठ पर्वको पूजामा राष्ट्रपति भण्डारी सहभागी नहुने

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष छठ पर्वको पूजामा सरिक नहुने भएकी छिन् । कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उनी यस वर्षको छठ पर्वमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी हुन् । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँमा समेत विभिन्न शक्तिपीठको दर्शन गर्न गएकी थिइनन् ।