देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले पनि सचिवालयमा प्रस्ताव ल्याउने

देशान्तर

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले १० दिनपछि बस्ने गरि आजको बैठक सकिएको जानकारी दिएका छन् ।

त्यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने जानकारी गराएको बताएका छन् ।

मङ्सिर १३ गतेको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुने निर्णय भएको बताए ।

त्यस्तै आजको सचिवालय बैठकले मङ्सिर १८ गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ । त्यसैगरी यस अघि १५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।   

प्रचण्ड-नेपाल-गौतम समुह प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव अर्को बैठकमा छलफल गर्न सहमत भएपछि प्रधानमन्त्री ओली आजको बैठकमा सहभागी हुन तयार भएको बताइएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्तिक २८ गते पेश गरेको १९ पेजको प्रतिवेदन फिर्ता गर्न ओलीले गरेको आग्रह प्रचण्डलगायतका नेताहरुले अस्विकार गरेका थिए । अब प्रचण्डको काउन्टरमा अर्का अध्यक्ष ओलीले पनि प्रस्ताव ल्याउने भएपछि नेकपाको विवाद अझै लम्बिने संकेत देखिएको छ । 

दुवै पक्ष एक एक कदम पछि हटेपछि आजको बैठक पनि भएको र प्रस्ताव फिर्ता पनि गर्नु नपरेको विश्लेषण नेकपाका नेताहरुले गरेका छन् ।