देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीद्धारा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो । यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन ।

बालुवाटार स्रोतका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाए पनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रपमा हेरिएको छ । पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ। अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।