देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काबुल घटनाः नेपाली ‘लक्षित’ होइन

देशान्तर

काठमाडौं । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विस्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ। काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ।

‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही समेतको क्षतविक्षत अवस्थामा निधन भएको पाइएको छ,’ ती अधिकारीले भने।  बम प्रहार गर्नेको एउटा चुँडिएको खुट्टा र हातमात्रै बसबाहिर अलिक टाढा फेला परेको थियो।  

तर, सरकारले द्वन्द्वग्रस्त लिविया, सिरिया, इराकसँगै अफगानिस्तानलाई पनि रोजगार प्रतिबन्ध मुलुकका रुपमा सूचीकृत गरेपछि अफगानिस्तानको ‘ग्रिनजोन’ मा बसेर उचित सेवा सुरक्षासहित काम गरिरहेका नेपाली समेत अन्योलमा परेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>