काठमाडौँ – मन्त्रिपरिषद्ले तीन वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सचिव बढुवा गरेको हो। यसअघि पटक पटक बढुवामा छुटेका प्रशासन सेवाका गोकर्णमणि दवाडी पनि सचिवमा बढुवा भएका छन्।
निर्णय अनुसार दवाडीसँगै कृषि तथा इन्जिनियरिङ सेवाबाट डा. योगेन्द्र कार्की पनि सचिवमा बढुवा भएका छन्। यस्तै, सुरेश आचार्यलाई पनि सचिवमा बढुवा गरिएको छ। बैठकले निजामती कर्मचारीको आधिकारिकट ट्रेड युनियनको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ। निर्वाचन रोकिएको दोस्रो पटक स्थगित भएको हो।
यसअघि मंसिर २७ गतेका लागि निर्वाचन तय भएको थियो। असोज २४ गतेबाट मंसिर २९ गतेसम्मका लागि स्थगित भएको थियो। आधिकारिक ट्रेड युनियनको म्याद २०७८ वैशाखसम्म थप भइसकेको छ।





प्रतिक्रिया