देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापति देउवाद्वारा सुनिल थापाको टोलीलाई नियुक्ति पत्र प्रदान

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  नवनियुक्त सहमहामन्त्री सुनिल थापाको टोलीलाई नियुक्ति पत्र प्रदान गरेका छन् । बुधबार सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुलाई नियुक्त पत्र दिएका हुन् । साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित  ३१ जना नेपाली काँग्रेस प्रवेश गरेका थिए । 

थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति पत्र प्रदान गर्दै लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानामा लाग्न निर्देशन दिए । यस्तै देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आजैबाट सक्रियतापूर्ब लाग्न निर्देशन दिएका थिए ।

कात्तिक २८ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री, रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य, झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी र कपिलबस्तुका राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।