देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।

उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए।